बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

युरोपेली छानौट समूह ‘ए’मा पोर्चुगलसँग आयरल्याण्ड पराजित

दैनिक नेपाल २०७८ भदौ १७ गते ८:२१

लण्डन, १७ भदौ । फिफा विश्वकप २०२० अन्तर्गत युरोपेली छनोटको समूह ‘ए’मा कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेपछि पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २–१ ले पराजित गरेको छ ।

रोनाल्डोले पहिलो हाफमा पेनाल्टी चुकाएपनि खेलको अन्त्यतिर कीर्तिमानी गोलसहित लगातार दुई गोल गर्दै रोमान्चक जित दिलाए । हारतर्फ उन्मुख पोर्चुगलका लागि बराबरी गोल गरेसँगै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका थिए । इन्ज्युरी समयमा विजयी गोल गर्दै रोनाल्डोले टोलीलाई जित दिलाउन सफल रहे ।

खेलको १५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा अग्रता दिलाउने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । रोनाल्डोको प्रहार गोलरक्षक ग्याभिन बाजुनुले विफल पारेका थिए ।

पेनाल्टी क्षेत्रभित्र जेफ हेन्डरिकले ब्रुनो फर्नान्डेसलाई लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिएका थिए । पेनाल्टी लिनुअघि रोनाल्डोले आयरल्यान्डका डारा ओ’सेमाथि हात उठाएपनि रेफ्रीले कारवाही गरेका थिएनन् ।

२८ औं मिनेटमा पोर्चुगल खेलमा अग्रता लिनबाट पुनस् चुक्यो । जोआओ क्यान्सेलोको क्रसमा डिओगो जोटाको हेडर पोस्टमा लाग्दै बाहिरियो । पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली आयरल्यान्डले अग्रता लिन सफल रह्यो । जोन इगनले कर्नरमा हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित