
काठमाडौँ, १६ भदौ । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ ।
नर्भिक अस्पतालमा उपचारत घिमिरेको वुधबार साँझ ६ः५१ मा मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिएका छन् ।
भारतमा सवारी दुर्घटनामा परी लामो समयदेखि घरमा शिथिल भएकी उनलाई नभिक अस्पतालले गत जेठ २७ गते उद्दार गरेर निःशुल्क उपचार थालेको थियो ।
लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।
खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि वुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।
उपचारको क्रममा उनको सबै खालका विकल्प तथा विधिबाट उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि पनि उनको अवस्था स्थिर नै रहेको बाँस्तोलाले जनाए ।















प्रतिक्रिया