८ कार्तिक २०८३, आइतबार

अवैध लागूऔषध सहित ७ जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १६ भदौ । सुनसरी जिल्लाको ईटहरी उप–महानगरपालिका–४ बस्ने २७ वर्षीय दीपेन्द्र राई र उनकी श्रीमती २५ वर्षीया शर्मीला राईलाई करिब २१ किलो अवैध लागूऔषध गाँजासहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उप–महानगरपालिका–५ पुष्पलाल पार्कबाट करीब २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका–१४ मुरढाप बस्ने २० वर्षीय सरोज डंगोल समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पार्क नजिक लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

दाङको लमही नगरपालिका–९ शिव खोलास्थित पूर्वपश्चिम राजमार्गबाट करिब ११ ग्राम अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ शान्तिनगर बस्ने २३ वर्षीय विकास रोका र सोही ठाउँस्थित अर्नवा बस्ने २० वर्षीय सुनिल श्रेष्ठ रहेका छन् ।

नेपालगंजबाट लमहीतर्फ जाँदै गरेका रा.३ प ३५१९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।