काठमाडौं । मोडल निशा घिमिरेको स्वास्थ्य अवस्था स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ ।
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर तीन महिनासम्म पनि घिमिरेको स्वास्थ अवस्थामा अपेक्षित सुधार आउन नसकेको जानकारी दिएको हो ।
नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले २७ जेठमा केही समाजसेवीको सहयोगमा घिमिरेको उद्धार गरेकी थिइन् । चौधरीले नै घिमिरेको उपचारमा लाग्ने खर्च व्यहोर्दै आएकी छिन् ।
घिमिरेको उपचारमा ५० लाखभन्दा धेरै खर्च भइसकेको र अस्पतालमा उपलब्ध सबै प्रविधि, सिप र विधिको प्रयोग गरिएको अस्पतालका कर्पोरेट कम्यूनिकेशन एन्ड पिआर प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए ।
फिल्म पढ्नका लागि भारत गएका बेला देहरादूनमा सडक दुर्घटनामा परेर उनी घाइते भएकी थिइन् । सुरुवातमा भारतमै उपचार गरिएपनि आर्थिक रुपमा उपचार खर्च धेरै पर्ने देखिएपछि बाबुआमाले उनलाई नेपालमै ल्याएका थिए । त्यसपछि तीन महिना ट्रमा सेन्टरमा उपचार गरिएपनि उनको स्वास्थमा सुधार आएको थिएन ।
घिमिरेको उपचारमा संलग्न डा.पंकज जलानले दुर्घटनाका कारण घिमिरेलाई ब्रेन इन्जुरी भएको बताएका छन् ।















प्रतिक्रिया