८ कार्तिक २०८३, आइतबार

अर्जुन्धारामा ४५ वर्षीया महिलाको शव फेला

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्जुन्धारा, १५ भदौ । झापा जिल्लामा ४५ वर्षीया सावित्रा बिकको शव फेला परेको छ ।

सोमबार बिहान साढे ६ बजे अर्जुन्धारा नगरपालिका– १० घर भई वडा नम्बर ६ बिहानी टोलमा डेरा गरी बस्ने बिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

बिक मृत फेला परेपछि स्थानीयले इलाका प्रहरी कार्यालय अनारमनीमा सम्पर्क गरेका थिए । खबरपछि प्रहरी नायब उपरीक्षकसहितको टोली खटिएको थियो ।

ट्रान्सफर्मर रहेको विद्युतीय पोलमुनि उनको शव भेटिएको थियो । उनको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यो कुरा पोष्टमार्टमपछि मात्रै पुष्टि हुने प्रहरी नायब उपरीक्षक थापाले बताए ।

बिकको काँधको भागमा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले छोएको थियो । काँधका केही भाग जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

विद्युत प्राविधिक कर्मचारीलाई घटनास्थलमा बोलाएर परीक्षण गर्दा तारबाट करेन्ट प्रवाह भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले शवको पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको छ ।