शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

इमर्सन टोटेनहम हटस्परमा अनुबन्ध हुने पक्का

दैनिक नेपाल २०७८ भदौ १५ गते ७:३८

ब्राजिल, १५ भदौ । ब्राजिली युवा डिफेन्डर इमर्सन रोयल क्याटलान क्लब बार्सिलोनाबाट इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्ध हुने पक्का भएको छ ।

टोटेनहमले इमर्सनलाई २६ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गर्ने योजना बनाएको छ । टोटेनहमले इमर्सन अनुबन्धनका लागि बार्सिलोनालाई २१ मिलियन पाउन्ड र ५ मिलियन बोनस दिनेछ ।

इमर्सनले पछिल्लो दुई सिजन रियल बेटिसमा लोनमा बिताएका थिए । उनी यसै समरमा बार्सिलोनामा फर्किएका थिए । उनले बार्सिलोनामै बस्ने चाहना राखेपनि आर्थिक अवस्थाका कारण क्लबले उनलाई बेच्ने निर्णय गरेको हो ।

इमर्सन सन् २०१९ जनवरीमा ब्राजिली क्लब एट्लेटिको मिनेइरोबाट बार्सिलोनामा आबद्ध भएका थिए । त्यसपछि उनले साँढे दुई सिजन लोनमा रियल बेटिसमा बिताएका थिए ।

उनले बार्सिलोनाबाट यस सिजन मात्रै तीन खेलमा अवसर पाएका छन् । रियल बेटिसबाट इमर्सनले ७९ खेलमा ५ गोल गरेका छन् । उनले ब्राजिलबाट ४ खेल खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित