२ कार्तिक २०८३, सोमबार

अमेरिकी सेनाद्वारा हमिद कारजाई विमानस्थलमा ड्रोन आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, १४ भदौ । अमेरिकी सेनाले आइतबार साँझ अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै ड्रोन आक्रमण गरेको छ ।

काबुल विमानस्थलमा आक्रमण गर्ने योजना बनाइरहेका आइएसआइएसकेका आक्रमणकारीलाई लक्षित गरी उक्त ड्रोन आक्रमण गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले जनाएका छन् । आक्रमणमा आत्मघाती हमला गर्न लागेका एक जनाको मृत्यु भएको छ ।

बिस्फोटक पदार्थ कारमा राखिरहेका बेला ड्रोन आक्रमण गरिएको थियो । आइएसआइएसकेले गत बिहीबार काबुल विमानस्थलमा गरेको आत्मघाती आक्रमणमा परी १३ अमेरिकी सैनिकसहित दर्जनौं अफगान नागरिकको मृत्यु भएको थियो ।

बदलामा अमेरिकाले पूर्वी अफगानिस्तानमा रहेको आइएसआइएसकेको अखडामा आक्रमण गरेको थियो । उक्त आक्रमणमा काबुल विमानस्थलमा आक्रमणको योजना बनाउने मुख्य योजनाकारको मृत्यु भएको अमेरिकाको दाबी छ ।