८ कार्तिक २०८३, आइतबार

तनहुँ जलविद्युत आयोजनाको ढिलाईप्रति सासंद सिग्देलको चासो

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीवी श्रेष्ठ

तनहुँ, १४ भदौ । प्रतिनिधि सभाका सांसद एवम् तनहुँ क्षेत्र नं. २ का सांसद केदार सिग्देलले तनहुँ जलविद्युत आयोजनमा भएको ढिलाईप्रति चासो व्यक्त गरेका छन् ।

१४० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको विद्युत आयोजना समयमा नै सम्पन्न हुन नसक्ने भएपछि सासंद सिग्देलले जलविद्युत आयोजनाका कार्यलयमा पुगि आयोजनाका प्रमुख अच्युतवावु घिमिरेसँग भइरहेको कामको प्रगति विवरण प्रति चासो लिएका हुन् ।

एशियाली विकास बैंकको १५० मिलियन युएस डलर, जापाना अन्तर्राष्ट्रिय सहयोग (जाईका)को १८४ मिलियन युएस डलर र युरोपियन लगानी बैंकको ८५ युएस डलर र नेपाल सरकारको ८६ मिलियन युएस डलर गरि कुल ५०५ मिलियन युएस डलर (नेपाली करिव ५० अर्ब)को लागतमा सम्पन्न हुने आयोजना समयमा नै सम्पन्न हुने नभएपछि त्यसमा भएको ढिलाइबारेमा आयोजना प्रमुख लगायत सम्वन्धित प्रमुखसँग जानकारी लिएका हुन् ।