काठमाडौं, १४ भदौ । परिवर्तनको अभियान नेपालको दोस्रो साधारणसभाले जेण्डर विशेषज्ञ मीना शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समाज रुपान्तरणका लागि मानवीय मूल्य मान्यता आनिबानी तथा स्वचरित्रमा सकारात्मक परिवर्तनको पहल आफैबाट गर्न उत्प्रेरित उद्धेश्य रहेको सो अभियानको कार्यसमितिको उपाध्यक्षमा कृष्णकाजी केसी, महासचिव सरोज ढुंगाना, सचिव राजेन्द्र सेञ्चुरी र कोषाध्यक्षमा जिनी अग्रवाल निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यहरूमा केशव दाहाल, सबु शर्मा, ममताशंकर जोशी, सरोज महतो, विजिता अधिकारी, सञ्जय साह निर्वाचित भएका छन् । साधारणसभामा वरिष्ठ पत्रकार टंक पन्त प्रमुख निर्वाचन अधिकृत रहेका थिए ।
वरिष्ठ पत्रकार पन्तले कार्यसमिति सर्वसम्मत निर्वाचित हुनु भनेको संस्था सहज रुपमा अगाडि बढन सक्ने संकेतको रुपमा लिन सकिन्छ भन्दै नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिका सदस्यलाई शपथ गराई प्रमाणपत्र प्रदान गरेका छन् ।
साधारणसभाको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका उप–प्रधाध्यापक चिरञ्जीवी भण्डारी, डा.पिताम्बर भण्डारी, डा.प्रकाश भटराई, प्रदीप परियार, कमल कँडेल र रीता शाहले युवाहरूको आशाको रुपमा रहेको परिवर्तनको अभियानले परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरेका थिए ।
साधारणसभामा अरुण खड्का, नवीन पोख्रेल, पूजा शाह र शरद गिरीले आफ्नो अनुभूति व्यक्त गरेका थिए ।
साधारणसभाले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै बिधान संशोधन प्रस्तावमाथि पनि छलफल गरी पारित गरेको थियो ।















प्रतिक्रिया