शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

फ्रान्स लिग वानमा पीएसजीसँग रेइम्स पराजित

दैनिक नेपाल २०७८ भदौ १४ गते ७:४७

लण्डन, १४ भदौ । लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हराएको हो ।

नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मेस्सीले ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । मेस्सीको डेब्यु खेलमा पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए ।

खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरेका थिए ।

जित सहित पीएसजीले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । रेइम्स मात्र ३ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।

प्रतिक्रिया
सम्बन्धित