
रुपन्देही, १३ भदौ । भागवण्डा मिलाउन लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशमा मन्त्रालयको संख्या थप गरेर १३ पुर्याएको छ ।
मन्त्रालय थपिएसँगै लुम्बिनीमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय; आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय; कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय रहनेछन् ।
त्यस्तै, पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय; भौतिक पूर्वाधार विकास मन्त्रालय; वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहने छन् ।















प्रतिक्रिया