शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

इटालिय सिरी ‘ए’मा नवप्रवेश इम्पोलीसँग युभेन्ट्स स्तब्ध

दैनिक नेपाल २०७८ भदौ १३ गते ६:२९

लण्डन, १३ भदौ । इटालिय सिरी ‘ए’ मा युभेन्ट्स नवप्रवेशी इम्पोलीसँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु मैदानमा नै इम्पोलीसँग १–० ले स्तब्ध बनेको हो ।

युभेन्ट्सलाई स्तब्ध पार्न लियोनार्दो मानकुसोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २१औं मिनेटमा गोल गरेका थिए । इम्पोलीको महत्वपूर्ण जितमा गोलरक्षक गुगलिलमो भिकाइरोले उच्च प्रदर्शन गरे ।

रोनाल्डोले क्लब छाड्ने पक्का भएपछि उनी युभेन्ट्सको प्रशिक्षण क्याम्पमा सामेल भएका थिएनन् । शुक्रबार राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युभेन्ट्ससँग रोनाल्डोको विषयमा सम्झौता भएको सार्वजनिक गरेको थियो ।

घरेलु मैदान एलिएन्ज एरिना टुरिनमा बल पोसेसनमा फकड बनाएपनि युभेन्ट्सले इम्पोलीको रक्षापङ्ति तोड्न सकेन । प्रशिक्षक मासिमिलियानो एलेग्रीले दोस्रो हाफमा अल्भारो मोराटा, फेडरिको बर्नरडेस्ची, म्यानुयल लोकाटेली र डिजान कुलुसेभ्स्कीलाई मैदानभित्र पठाएपनि हार टार्न सकेन ।

जितपछि इम्पोली २ खेलबाट ३ अंक जोड्दै ११औं स्थानमा रहँदा जित निकाल्न नसकेको युभेन्ट्स २ खेलबाट १ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित