८ कार्तिक २०८३, आइतबार

ओलीसँग प्रचण्डको डरः अब के आउने हो भन्नेमा पनि सर्तक हुनुपर्छ

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिसँग लडेर हाललाई विजय हासिल गरेको भएपनि रिल्याक्स मुड​मा भने हुन नहुने बताएका छन् ।

‘अहिले हामी विजयी मुडमा छौं, तर कहिलेकाहीँ के हुन्छ भने विजयी भयो भनेर रिल्याक्स गर्न थाल्दा रहेछौँ, कुन बेला घन हान्छन् पत्तो हुन्न’ उनले भने ।

पहिलो पटक प्रतिनिधिसभा विघटन बदर भएको खुशीयालीमा माधव नेपालसँग लड्डु खाएको स्मरण गर्दै प्रचण्डले भने, ‘पहिलो चोटी संसद पुनःस्थापना भएपछि माधवले र मैले लड्डु खाइयो । त्यो लड्डुको स्वाद जान पाएको थिएन दुईटा पार्टी भए । ड्याम्म फेरि टाउकोमा धन हानेजस्तो आइहाल्यो । बल्ल बल्ल त्यसलाई सम्याइयाछ, अब के आउने हो भन्नेमा पनि सर्तक हुनुपर्छ ।’