२ कार्तिक २०८३, सोमबार

‘लाइफ इन एलए’ को गीत “पागल प्रेमी” सोमबार लन्च हुँदै

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ भदौ । यही सोमबार काठमाडौँमा एक कार्य्रकमसहित प्रताप दास र कविता श्रेष्ठको स्वर अनि अलिस कार्कीको संगीत रहेको “पागल प्रेमी“ गीत सार्वजनिक गरिदै छ ।

पोखराको विभिन्न ठाउँमा छयांकन गरिएको एस गीत कविराज गहतराजको कोरिओग्राफी रहेको छ ।

त्रिकोणात्मक कथामा आधारित एस फिल्मको गीतमा ब्यास बिस्सु, अकेशा बिस्ट र शिल्प मास्के एकै साथ् देखिनेछन् ।

कोभिड महामारीका कारणले नेपाली फिल्म उद्योग थलिएको बेला अमेरिकामा रहेका नेपालीहरुको जीवनशैलीलाई चित्रण गर्दै ’लाइफ इन एलए’ नामको फिल्मको छायांकन सम्पन्न भएको छ ।

सुर्य श्रेष्ठको निर्देशन रहेको यस फिल्मको ७५ प्रतिशत छायांकन अमेरिकाको लस एन्जेलस, लास भेगास र सन् फ्रान्सिस्कोमा गरिएको थियो ।

बाँकी २५ प्रतिशत छायांकन नेपालको काठमाडौँ, तनहुँको भिमाद र पोखरामा गरिएको थियो । फिल्ममा हलिउडमा कार्यरत प्रविधिकहरुले पनि काम गरेका छन् । हाल फिल्मको पोस्टप्रोडक्सनको काम धमाधम चलिरहेको छ ।

निर्माण टिमले फिल्मलाई अमेरिकामा दशैँ–तिहारको बेलामा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

फिल्ममा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामांग, प्रकाश घिमिरे, लोकेन्द्र लेखकको साथसाथै अमेरिकामै बसोबास गर्ने अकेशा बिष्ट, जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय रहेको छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस फिल्म १८ वर्ष देखि लस एन्जेलसमा बसोबास गरिरहेका ब्यास बिशुले निर्माण गरेका हुन् । उनी पेशाले इन्जिनियर भएता पनि लामो समय देखि अमेरिकाका नेपाली समुदायलाई खेलकुद सहित विभिन्न मनोरंजन कार्यक्रमहरु गर्दै आएका थिए ।

फिल्म निर्माणमा नयाँ भएता पनि उनले अमेरिकामा नेपाली फिल्महरु प्रदर्शन गर्ने, कलाकर्मी तथा खेलाडीहरुलाई अमेरिकामा हुने कार्यक्रममा सहभागी गराउने काम धेरै अघि देखि गर्दै आएका हुन् ।

उनले अमेरिकामा धेरै नेपाली फिल्मकर्मी भएपनि कसैले पनि फिल्म बनाउने आँट नगरेको भन्दै उनीहरुलाई फिल्म निर्माणको लागि उर्जा मिलोस् र अमेरिकामा भविष्यमा नेपाली फिल्म निर्माण र प्रदर्शन गर्न सहज होस् भन्ने उधेश्यले आफुले फिल्म निर्माणमा हात हालेको बताएका छन् ।

अमेरिकाको लागि फिल्मका निर्माता राजेन्द्र ठकुराथी हुन् । ठकुराथीले अमिरिकाको प्रतिष्ठित फिल्म स्कुल युएससी बाट ग्र्याजुएसन गरेका छन् र उनले केहि हलिउड फिल्म समेत निर्देशन गरेका छन् ।

संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको यस फिल्ममा तीन वटा गीतहरु रहेको छ । फिल्ममा एलिश कार्की र प्रतिक पौडेलको संगीत, प्रताप दास, प्रविशा अधिकारी, कविता श्रेठ, आर्यन पाठक स्वर रहेको छ ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहने यस फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिश कार्कीको पार्श्व संगीत रहेको छ ।

प्रदिप आचार्य (नेपाल) र प्रविन खत्री (युएसए) प्रोडक्सन म्यानेजर रहेको यस फिल्मका एसोसिएट निर्देशक दिपक वली हुन् । आउँदो साता फिल्ममा समावेश गरीएको ’पागल प्रेमी’ बोलको गीत सार्वजनिक गर्ने तयारी गरिएको छ ।

कोरोना कहरले ठप्प भएको नेपाली फिल्म उद्योगलाई ’लाइफ इन एलए’ ले केहि उर्जा प्रदान गर्ने अपेक्षा गर्न सकिन्छ ।