शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

इङ्ग्ल्यान्डसँगको दोस्रो पारीमा भारतले २१५ रन बनायो

दैनिक नेपाल २०७८ भदौ १२ गते ८:३०

इङ्ल्याण्ड, १२ भदौ । इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको दोस्रो पारीमा भारतले २ सय १५ रन बनाएको छ ।

३ सय ५४ रनले पछि परेको भारतका लागि रोहित शर्माले ५९ रन बनाए भने स्तरीय ब्याटिङ गर्दै चेतेश्वर पुजाराको अविजित ९१ तथा कप्तान विराट कोहलीको ४५ रनले भारत खेलमा सम्हालिएको हो ।

तर, तेस्रो दिनको समाप्तिसम्ममा भारत अझै १ सय ३९ रनले पछि परेको छ । इङ्ग्ल्यान्डले पहिलो पारीमा चार सय ३२ रन बनाएको थियो । इङ्ग्ल्यान्डका कप्तान जोय रुटले शतक बनाएका छन् । यो श्रृङ्खलामा रुटले लगातार तेस्रो शतक बनाएका हुन् ।

पहिलो पारीमा भारत ७८ रन जोड्दा अलआउट भएको थियो । पाँच खेलको श्रृङ्खलामा भारत १–० ले अघि छ । वर्षाले प्रभावित भएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित