शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

इङ्ग्ल्याण्डलाई भारतसँगको तेस्रो टेस्टको पहिलो पारीमै फराकिलो अग्रता

दैनिक नेपाल २०७८ भदौ ११ गते ८:०७

इङ्ल्याण्ड, ११ भदौ । कप्तान जोए रुटको १ सय २१ रनको शतकीय पारीसँगै घरेलु टिम इङ्ग्ल्यान्डले भारतसँगको तेस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा फराकिलो अग्रता बनाएको छ । लिड्समा दोस्रो दिनको खेल सकिँदा इङ्ग्ल्यान्डले ३ सय ४५ रनको अग्रता बनाएको छ ।

इङ्ग्ल्यान्ड ८ विकेट गुमाएर ४ सय २३ रन बनायो । इङ्ग्ल्यान्डका कप्तान रुटले १ सय २१ रन बनाउँदा डेबिड मालनले ७० रनको अर्धशतकीय पारी खेले भने हासिब हामिदले ६८ रन बनाए । यस्तै, रोरी बुर्न्सले ६१, जोनी बेयर्स्टोले २९, क्रेग ओभर्टन २४ बनाए ।

भारतका मोहमद शामीले ३ विकेट लिए भने मोहमद सिराज र रविन्द्र जडेजाले दुई–दुई विकेट लिए । यसअघि पहिलो पारीमा भारत ७८ रन जोड्दा अलआउट भएको थियो । भारतका रोहित शर्माले १९ र अन्जिका रहानेले १८ रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । इङ्ग्ल्यान्डका जेम्स एण्डरसन र क्रेग ओभरटनले तीनरतीन विकेट लिए भने साम कुरान र ओई रोबिन्सनले दुई–दुई विकेट लिए ।

पाँच खेलको श्रृङ्खलामा भारत १–० ले अघि छ । पहिलो टेस्ट क्रिकेट भने वर्षाको कारण बराबरीमा सकिएको थियो । दोस्रो टेस्ट क्रिकेटमा भारत १ सय ५१ रनले विजयी भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित