९ कार्तिक २०८३, सोमबार

स्व.मंगलादेवी सिंहलाई कांग्रेसले कहिल्यै भुल्ने छैनः नेतृ उपाध्याय

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ईन्द्रसरोवर, ११ भदौ । मकवानपुर जिल्लामा नेपाल महिला संघ, ईन्द्रसरोवर गाउँपालिकाले स्व.मंगलादेवी सिंहको २५औँ स्मृति दिवसमा विशेष कार्यक्रम गरेर स्मरण गरेको छ ।

बिहीबार ईन्द्रसरोवर गाउँपालिकामा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ले स्व.मंगलादेवी सिंहको महिला आन्दोलनमा ठूलो योगदान रहेको चर्चा गरेकी छिन् ।

‘महिला आन्दोलनमा स्व.मंगलादेवी सिंहज्यूको ठूलो योगदान छ’, उनले भनेकी छिन्, ‘महिलाहरू घरबाट बाहिर जान नसक्ने समयमा उहाँले राजनीतिमा पनि महिलाको जबरजस्त उपस्थिति बनाउनुभयो ।’

कांग्रेस नेतृ उपाध्यायले नेपालको राजनीति र महिला आन्दोलनमा स्व.मगंलादेवी सिंहको योगदान कहिल्यै भुल्न नहुने बताएकी छिन् ।

कार्यक्रममा ईन्द्रसरोवर गाउँपालिकाका कांग्रेस नेता र नेतृहरूले पनि स्व.मंगलादेवी सिंहको पहिलमा भएका राजनीतिक आन्दोलनका कारण गाउँका महिलामा सचेतना आएको बताएका थिए ।