९ कार्तिक २०८३, सोमबार

गीतकार उपाध्यायले फेरी थपे ७ वटा विश्व रेकर्ड, पुग्यो ५९ विश्व रेकर्ड

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विश्व किर्तीमानी गीतकार तथा कवि साहित्यकार डा. डि.आर.उपाध्यायले फेरी ७ वटा विश्व रेकर्ड बनाएका छन् ।

यस अघि गिनिज बुक अफ वल्र्ड सहित ५१ वटा विधामा उनले विभिन्न विश्व रेकर्ड बनाएका थिए । बिहिबार अरु थप ७ वटा विश्व रेकर्ड बनाउँदै उनले आफ्नो विश्व रेकर्डको सँख्या ५९ वटा पुर्याएका छन् ।

बिहिबार काठमाडौंमा एक समारोहबीच पूर्व श्रममन्त्री रामेश्वर राययादब, अग्रज गीतकार चुडामणि देवकोटा तथा अग्रज साहित्यकार राधेश्याम लेकालीले डा. उपाध्यायलेलाई यी वटा नयाँ विश्व रेकर्ड प्रदान गरे । यि तीनजनाले डा. उपाध्यायको यो कार्य नेपालकै लागि गौरबको कुरा भएको जिकिर गरे ।

एक महिना अघि उनले फरक ७ वटा गीति कविता सार्वजनिक गरेका थिए । तीनै ७ वटा गीति कविताबाट थप ७ वटा विश्व रेकर्ड डा. उपाध्यायले बनाएका हुन् ।

गिनीज अफ वर्ल्ड रेकर्डसहित विश्वका चर्चित ५२ वटा विधामा यस अघि विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार उपाध्यायले यी ७ वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गरेका थिए ।

यस पटक उनले विश्व रेकर्ड बनाएका गीति कवितामा विश्वका ११० म्युजिक ब्यान्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोवाईल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरहरुको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट–क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरि बनाईएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएको बिषयमा रहेका छन् ।

उनले यसपटक यी थप सात बिश्व रेकर्डलाई पनि द ब्रिटिस वर्ल्ड रेकर्ड, अमेरिकन वर्ल्ड रेकर्ड, डब्लुएसी वर्ल्ड रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, युरोपियन वर्ल्ड रेकर्ड, आसाम वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रेकर्ड, च्याम्पियन वर्ल्ड रेकर्ड, युनिभर्सल वर्ल्ड रेकर्ड, अफिसल वर्ल्ड रेकर्ड, ओएमजी वर्ल्ड रेकर्ड, सुप्रिम वर्ल्ड रेकर्ड, युआरएफ एशियन वर्ल्ड रेकर्ड, बँगाल वर्ल्ड रेकर्ड गरी विश्वका १४ वटै वर्ल्ड रेकर्डमा दर्ता गराएका छन् ।

गीत सँगीत तथा साहित्य सृजनाबाट यती धेरै विश्व रेकर्ड कायम गर्ने उनी पहिलो नेपाली सर्जक हुन् । सबैभन्दा बढी विश्व रेकर्ड बनाउनेमा उनी विश्वको दशौं र एशियाको पहिलो व्यक्तिका रुपमा पर्छन् ।