शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

काबुल विमानस्थलको गेटमा बिस्फोट हुँदा कम्तिमा ११ जनाको मृत्यु

दैनिक नेपाल २०७८ भदौ १० गते २१:०५

सांकेतिक तस्वीर

अफगानिस्तान, १० भदौ । अफगानिस्तानको काबुल विमानस्थल बाहिर विस्फोट तथा गोलीबारी हुँदा कम्तिीमा ११ जनाको मृत्यु भएको छ ।

विस्फोट बिहीबार साँझ भएको अधिकारीहरुले जनाएका छन् । बीबीसीका अनुसार घटनामा मृत्यु महिला र बालबालिकाहरु पनि रहेका छन् । त्यस्तै, तालिवान लडाकुसहित दर्जनौँ घाइते भएका बताइएको छ ।

विस्फोट विमानस्थलको गेटमा विस्फोट भएको जनाइएको छ । त्यस क्षेत्रमा बेलायती सैनिक तैनाथ थिए । एक अमेरिकी अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै उक्त विस्फोट आत्मघाती भएको बताएका छन् ।

काबुल विमानस्थलमा आतंकवादी हमलाको सूचना प्राप्त भएपछि तीनवटा गेटहरू बन्द गरिएका थिए । विस्फोट त्यही गेट मध्ये एकमा भएको हो । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित