मुम्बई । बलिउड नायिका करिना कपूर आफ्नी सासु शर्मिला टेगोरसँग एउटा विशेष सम्बन्ध स्थापित गर्छिन् । शर्मिला टेगोर पनि आफ्नी बुहारी करिना कपूरलाई असाध्यै माया गर्छिन् ।
शर्मिलासँग करिनाको फोटो धेरैजसो मिडियामा छाइरहन्छ । शर्मिला टेगोरले थुप्रै पटक करिनाका लागि आफ्नो प्रेम व्यक्त गरिसकेकी छिन् । हालै पनि उनले करिनाको विषयमा एउटा रोचक कुरा गरेकी छिन् ।
स्पटबोयमा छापिएको शर्मिला टेगोरको एउटा नयाँ अन्तरवार्ताका अनुसार पूर्व दिग्गज नायिकाले भनिन्, ‘म करिनासँग निकै नजिक छु । उनको सबैभन्दा मनपर्ने कुरा के हो भने उनी निकै शान्त छिन् । मैले उनलाई कर्मचारीसँग, हेयरड्रेसर र डिजाइनर्ससँग कुराकानी गरेको देखेकी छु । कहिलेकाँही हामी हतारमा हुँदा त म आफ्नो हेयरड्रेसरलाई छिटो गर भनेर गाली पनि गर्छु तर करिनाले यस्तो गर्दिनन् ।’
करिनाको थप तारिफ गर्दै शर्मिलाल भनिन्, ‘उसमा असाध्यै धैर्यता छ, यो कुरा मलाई मनपर्छ । यसका साथै करिनाको उपस्थितिमा मलाई आनन्द लाग्छ । उनी कहिले पनि आफ्नो तुलना अरुसँग गर्दिनन् । उनी आफ्नो काम आफैं गर्छिन् ।’ उनले भनेकी छिन्, ‘म असाध्यै खुसी छु कि उनी मेरी बुहारी हुन् । उनले मलाई ‘म तपाईंकी छोरीजस्तै हुँ’ भन्छिन् । म पनि ‘त्यो त हो’ भन्छु ।’
छोरा सेफ अली खानको करियर र उनको जीवनबारे कुरा गर्दै शर्मिलाले भनिन्, ‘मैले ‘ये दिल्लगी’ हेरेको छु । उनका पुराना अन्तरवार्ता पनि निकै हास्यास्पद हुन्थे । ऊ निकै परिपक्व भइसकेको छ । ऊ अब चार सन्तानका पिता भइसकेको छ र निकै राम्रो शेफ पनि । उसले आफूलाई नयाँ बानीमा ढालेको छ जस्तै उसमा पढ्ने बानी विकास भएको छ ।’















प्रतिक्रिया