शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

भारत तेस्रो टेस्टको पहिलो पारीमा ७८ रनमै आउट

दैनिक नेपाल २०७८ भदौ १० गते ७:०४

नयाँदिल्ली, १० भदौ । घरेलु टोली इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको पहिलो पारीमा भारत ७८ रनमै अलआउट भएको छ । लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४० ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ७८ रन बनायो ।

भारतका कप्तान विराट कोहली सात रनमा, रोहित शर्मा १९ रनमा, चेतेश्वर पुजारा एक रनमा, अजिन्कया रहाणे १८ रनमा आउट भए ।

यस्तै ऋषभ पन्तले दुई, रविन्द्र जडेजाले चार, इशान्त शर्माले आठ र मोहम्मद सिराजले तीन रन बनाए । जसप्रित बुमराह, मोहम्मद शामी र केएल राहुलले खाता खोल्न सकेनन् ।

इङ्ल्याण्डका जेम्स एन्डरन र क्रियाग ओभर्टनले तीनरतीन तथा साम कुरान र ओइली रोविन्सनले दुईरदुई विकेट लिए । अहिले इङ्ल्यान्डले पहिलो पारीको ब्याटिङ थालेको छ ।

पाँच टेस्टको शृङ्खलामा पाहुना टोली भारत एक–शून्यले अगाडि छ । पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित