
काठमाडौँ, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका लागि अध्यादेश जारी गर्नु असंवैधानिक नहुने बताएका छन् ।
वुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा ओलीले आफूले ल्याएको अध्यादेश र अहिलेको सरकारले जारी गरेको अध्यादेश फरक रहेको बताए ।
आफूले दश र जनताका लागि अध्यादेश ल्याएको बताउँदै ओलीले शेरबहादुर देउवा नेतृत्वले ल्याएको अध्यादेश के देश जोगाउनका लागि हो भन्दै प्रश्न गरेका छन् ।
उनले भने, ‘एमाले फुटाउन नपाइएको भए देश के हुन्थ्यो ? यो घाममा राखेको बरफको डल्लो हो ? कर्कलाको पानी हो यो देश ? देश जोगाउनका लागि ? यो अनैतिक कार्य नहुँदा देश जोगिँदैन ?’
आफूले कुनै पार्टी विशेषलाई फुटाउन नल्याएको ओलीले स्पष्ट पारे तर यो सरकारले एमाले फुटाउन अध्यादेश ल्याएको ओलीको भनाइ छ ।
कुनै दललाई फुटाउन, कसैलाई सजिलो पार्नका लागि अध्यादेश ल्याउने क्रममा नै राजनीतिक दल सम्बन्धी अध्यादेशमा ‘केन्द्रीय सदस्य वा संसदीय दलको २० प्रतिशत’सम्बन्धी प्रावधान राखिएको उनको भनाइ छ । उनले व्यङ्ग्य गर्दै भने, ‘माधव नेपालजीसँग जति सांसद हुनुहुन्छ, त्यति भए पुग्ने भनेर लेखेको भए सजिलो हुन्थ्यो ।’












प्रतिक्रिया