२ कार्तिक २०८३, सोमबार

तमिल फिल्मकी २४ वर्षीया नायिका जाभीको मृत्यु

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । तमिल फिल्म कंचना ३ मा देखिएकी २४ वर्षीया रुसी नायिका एलेजान्द्रा जाभीको मृत्यु भएको छ ।

शुक्रबार एलेजान्द्रा गोवामा आफ्नो भाडाको फ्ल्याटमा झुण्डिएको अवस्थामा भेटिइन् । उनी उत्तरी गोवाको सियोलिम गाउँमा बस्थिन् । हाल गोवा प्रहरी पोस्टमार्टमका लागि रसियाली कन्सुलेटको प्रतीक्षा गरिरहेको छ ।

वरिष्ठ प्रहरी अधिकारील एलेजान्द्राको शवलाई शवगृहमा राखिएको बताए । उनका अनुसार उनीहरु एलेजान्द्राको शवको पोस्टमार्टमका लागि रसियन कन्सुलेटद्वारा नो अब्जेक्सन सर्टिफिकेटको प्रतीक्षा गरिरहेका छन् ।

अर्कोतर्फ प्रहरीले पनि यसबारे अनुसन्धान सुरु गरेको छ । एलेजान्द्राका प्रेमीले आफ्नो बयान दिइसकेका छन् । एलेजान्द्राका प्रेमी पनि उनीसँग अपार्टमेन्टमा बस्दथे र घटनाका बेला उनी बाहिर गएका थिए ।