शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

पाकिस्तान–वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट बराबरीमा रोकियो

दैनिक नेपाल २०७८ भदौ ९ गते ९:१७

वेस्ट इण्डिज, ९ भदौ । पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङखला बराबरी भएको छ ।

दोस्रो टेस्टमा पाकिस्तान १ सय ९ रनले विजयी भएसँगै घरेलु टोली वेस्ट इण्डिजसँगको टेस्ट श्रृङखला बराबरी भएको हो । पहिलो टेस्टमा वेस्ट इण्डिज एक विकेटले विजयी भएको थियो । पाकिस्तानले जितका लागि दिएको तीन सय २९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज २ सय १९ रनमा समेटियो ।

वेस्ट इण्डिजका जेसन होल्डरले सर्वाधिक ४७ रन बनाए । कप्तान क्रेग ब्रेथवेट ३९ रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक चार विकेट लिए । त्यस्तै नौमान अलीले ३ र हसन अलीले २ विकेट लिए ।

चौथो दिन पाकिस्तानले दोस्रो पारीमा ६ विकेट गुमाएको अवस्थामा १ सय ७६ रनमै पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा १ सय ५२ रनको अग्रता बनाएको पाकिस्तानले समग्रमा ३ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पाकिस्तानका फवाद आलम १ सय २४ रनमा अविजित रहे ।

प्रतिक्रिया
सम्बन्धित