२ कार्तिक २०८३, सोमबार

सीआईएका प्रमुख र तालिबानका उपनेताबीच गोप्य भेटवार्ता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, ९ भदौ । अमेरिकी गुप्तचर निकाय सीआईए प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल घनी बरादरबीच काबुलमा गोप्य भेटवार्ता भएको छ ।

अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बर्नस र बरादरबीचको भेटलाई राष्ट्रपति जो बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता मानिएको द वाशिङ्गटन पोस्टले जनाएको छ ।

सीआईएले भेटबारेमा कुनै टिप्पणी गरेको छैन । तालिबान समूहले काबुल कब्जा गरेपछि नयाँ सरकार गठनका बारेमा निरन्तर छलफल गरिरहेका छन् ।

तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने बताइरहेका छन् । काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अहिले पनि अस्तव्यस्त छ ।