काठमाडौं, ९ भदौ । माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारीमा कृष्णबहादुर महरालाई दिएको छ ।
पूर्वसभामुखसमेत रहेका महरालाई प्रवक्ताको जिम्मेवारीमा माओवादीले ल्याएको हो ।
पहिले माओवादी प्रवक्तामा पम्फा भुसाल थिइन् । माओवादीले एमालेसँग पार्टी एकता गरेपछि प्रवक्ताको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ थिए ।
फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पुनः अस्तित्वमा ल्याइदिएपछि नेता श्रेष्ठले नै माओवादीमा प्रवक्ताको भूमिका निर्वाह गरेका थिए । पछिल्लो समय श्रेष्ठ यो भूमिकाबाट अलग हुन चाहेको बताएका थिए । त्यसपछि माओवादीले प्रवक्तामा महरालाई ल्याएको हो ।
माओवादीले प्रचार तथा प्रकाशन विभाग प्रमुखको समेत जिम्मेवारीमा महरालाई तोकेको छ । भदौ ६ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको परिपत्रमा नेताहरूलाई जिम्मेवारी दिइएको उल्लेख छ ।











प्रतिक्रिया