९ कार्तिक २०८३, सोमबार

पाँचथरमा भीरबाट लडेर वृद्धको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पाँचथर, ८ भदौ । पाँचथरको फिदिम नगरपालिकाका एक वृद्धको लडेर मृत्यु भएको छ ।

सोमबार मलाम गई फर्कने क्रममा वडा नं १४ स्थित बाँसबोटेको भीरबाट खसेर वडा नं ८ घलेगाउँका ६५ वर्षीय पद्मबहादुर राईको मृत्यु भएको हो ।

उनी घर नआएकाले छोराले खोजी गर्दै जाँदा गोरेटो बाटोबाट खसेर १०० मिटर तल मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस