९ कार्तिक २०८३, सोमबार

धनुषामा गाडिएको अवस्थामा ससुरा र बुहारीको शव फेला, हत्या आशंकामा छोरा पक्राउ

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ८ भदौ । धनुषामा मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललियामा गाडिएको अवस्थामा २ जनाको शव फेला परेको छ ।

स्थानीय ५५ वर्षीय रामवृक्ष मण्डल र उनकी बुहारी २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेको हो ।

धनुषा प्रहरीले हत्या गरेको आशंकामा मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई पक्राउ गरेको छ ।

उनीहरुलाई स्थानीयले घरमा खोज्दा नभेटेपछि घटना बारि आएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ ।