
काठमाडौँ, ७ भदौ । कोरोना कहरका बीच गाईजात्रा मनाइँदैछ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा मनाइने परम्परागत चलन रहेको छ ।
आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी तर्छन् भन्ने धार्मिक विश्वास छ ।












प्रतिक्रिया