
काठमाडौँ, ७ भदौ । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले महाधिवेशनमा साझा उम्मेदवार उठाउने सहमति गरेको छ ।
सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापन इतर पक्षका सभापतिका दावेदारहरुका बीचको छलफलमा साझा उम्मेद्वार उठाउने सहमति भएको हो ।
बैठकमा सभापतिको आकांक्षीहरु रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरू उपस्थित थिए ।












प्रतिक्रिया