४ मंसिर २०८३, शुक्रबार

मुम्बई दुर्घटनामा घाइते नेपाली युवतीको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । भारतको मुम्बईमा रेलको ठक्करबाट गम्भीर घाइते भएकी २२ वर्षीया नेपाली युवती कालु परियारको उपचारका क्रममा निधन भएको छ ।

गत जुलाई २२ मा परियालाई सानपाडा रेलवे स्टेसनमा रेलले ठक्कर दिएको थियो । रेल पर्खदै गर्दा उनको मोवाइल रेलवे ट्रयाकमा खसेको र मोवाइल टिप्ने क्रममा रेलवे ठक्कर दिएको भारतीय पत्रिका दि इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

उनलाई उपचारको लागि सिओन अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले भारतमा रहेको नेपाली समुदायलाई सम्पर्क गरी उनको नेपालको ठेगाना पत्ता लगाई उनको शव हस्तान्तरण गरेको थियो । ती युवती कामको लागि मुम्बई पुगेकी थिइन् ।