शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

गैरसैनिक विमानहरूलाई पनि उद्धारमा संलग्न हुन अमेरिकाद्वारा निर्देशन

दैनिक नेपाल २०७८ भदौ ७ गते ७:५५

काबुल, ७ भदौ । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका मानिसहरूको उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गरिने जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने जनाएको छ ।

अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका छन् ।

आइतबार राष्ट्रपति बाइडनले अमेरिकाले अघिल्लो हप्ता झन्डै २८ हजार जनाको उद्धार गरेको बताए ।

‘यति धेरै मानिसहरूलाई तपाईँहरूले देख्दै आएको पीडा र मुटु चिर्ने तस्बिर बिना उद्धार गर्न सम्भव छैन’, ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बाइडनले भने, ‘हामीले अझै धेरै काम पूरा गर्नुछ र कैयौँ कुरा अझै बिग्रनसक्छ।’

काबुल विमानस्थल बाहिर हजारौँ लामबद्ध भइरहँदा कम्तीमा २० जना मारिएको एकजना नेटो अधिकारीले रोएटर्स समाचार संस्थालाई बताएका छन् । विवरणमा कतिपयले किचिएर ज्यान गुमाएको उल्लेख गरिएका छन् । बीबीसी

प्रतिक्रिया
सम्बन्धित