शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

रियल म्याड्रिड स्पेनिस ला लिगाको हारबाट बच्यो

दैनिक नेपाल २०७८ भदौ ७ गते ७:२८

लण्डन, ७ भदौ । ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले दुई गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । सुरुवाती अग्रता लिएपनि त्यसलाइै जोगाउन नसक्दा रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको हो ।

भ्यालेन्सियामा आइतबार राति भएको खेलको पाँचौ मिनेटमा नै ग्यारेथ बेलको गोलबाट रियलले अग्रता लिएको थियो । उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको रियलले दोस्रो हाफको शुरुमै दुई गोल खाएपछि खेलमा २–१ ले पछि परेको थियो । ४६औं मिनेटमा रोजरले गोन्जालो मेरेलोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५७औं मिनेटमा जोस काम्पानाले जर्ग डि फ्रुटोसको पासमा गोल गरेपछि रियल खेलमा २–१ ले पछि परेको थियो । तर त्यसपछि सब्सिच्युट ब्राजिली विंगर फरवार्ड भिनिले १२ मिनेटको अन्तरमा दुई गोल गरेपछि रियल हारबाट जोगिन सफल भयो ।

५९औं मिनेटमा इडेन हाजार्डको स्थानमा मैदान छिरेका भिनिले ७३औं मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले क्यासमिरोको पासमा गोल गरेका थिए । ७९औं मिनेटमा रोवेरले गोल गर्दै लेभान्टेलाई खेलमा पुनः ३–२ ले अघि बढाए ।

८५औं मिनेटमा भिनिले बेन्जेमाको पासमा व्यत्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । ८७औं मिनेटमा काउन्टर अट्याकमा नाचो फर्नान्डेसलाई पेनाल्टी बक्सबाहिर आएर फल गरेपछि लेभान्टेका गोलरक्षक एइटर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपनि त्यसको फाइदा रियलले उठाउन सकेन ।

यो बराबरीपछि रियलको २ खेलबाट ४ अंक पुगेको छ । लेभान्टेको २ खेलबाट २ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित