१७ कार्तिक २०८३, मंगलबार

प्रदेश १ मा थपिए ५३४ कोरोना सङ्क्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ६ भदौ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५३४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

जसमा एक हजार ९९ जनाको पीसीआर परीक्षण गर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा एक सय ४३, मोरङमा ११२ मध्ये विराटनगरमा ४२, सुनसरीमा ९३, इलाममा सात, पाँचथरमा तीन, सङ्खुवासभामा दुई, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा एक–एक र प्रदेश बाहिरका छ जनामा सङ्क्रमण देखिएको हो ।

सो अवधिमा प्रदेशमा आजै ३६२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा १५७ महिला र २०५ पुरुष छन् ।

यसै अवधिमा तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । –रासस