
काठमाडौँ, ६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ४४३ र एन्टिजेन विधिबाट ३ हजार ७३ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ९२० जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख २७ हजार ६४२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २४८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ७५१ जना रहेको छ ।
हालसम्म ३८ लाख ४६ हजार ७३६ जनाले खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ५०९ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया