२ कार्तिक २०८३, सोमबार

नायिकाको एमएमएस भिडियो लिक

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भोजपुरी फिल्म क्षेत्रकी चर्चित नायिका त्रिशाकर मधु भिडियो लिक भएपछि ट्रोलको सिकार भएकी छन् । उनीमाथि ‘पब्लिसिटी’ को लागि एमएमएस लिक गरेको आरोप समेत लागेको छ ।

मधुले उक्त भिडियो उनकै प्रेमीले लिक गरेको आरोप लगाएकी छन् । उनले भिडियो सार्वजनिक गर्नेलाई चेतावनी समेत दिएकी छन् । मधुको प्रेमीसँग समय बिताएको भिडियो सार्वजनिक भएको हो ।

उनले आफ्नो निजी भिडियो सार्वजनिक गर्नेलाई निशाना बनाएर सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भगवान्ले सबै हेरिरहेको छ । मलाई गिराउनका लागि मेरो निजी भिडियो सार्वजनिक गरिएको हो ।’

उनको भिडियो सार्वजनिक भएसँगै विभिन्न प्रकारका प्रतिक्रियाहरु आएका छन् । उनले आफै ‘पब्लिसिटी’ को लागि भिडियो बनाएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बताएका छन् ।

मधुले भिडियो आफै बनाएको पनि स्वीकार गरेकी छन् । उनले भिडियो आफैले बनाएको तर कसैले नियतबस सार्वजनिक गरिदिएको भन्दै आक्रोश व्यक्त गरिन् ।