
काठमाडौँ, ५ भदौ । लुम्बिनी सरकारले मन्त्रालय फुटाउने तयारीमा लागेको बुझिएको छ ।
मन्त्री बन्न खोज्ने धेरै भएपछि मन्त्रालय फुटाउने तयारी गरेको बताइएको छ ।
प्रदेश सरकार बनेको १० दिन हुँदा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
गठबन्धन दलबीच प्रदेशमा हाल १० वटा मन्त्रालयमा १० सदस्यीय मन्त्रिमण्डल बनाउने गरी समझदारी गरिएको थियो ।
जसमध्ये माओवादीले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय र नेपाली कांग्रेसले ४ मन्त्रालय लिने सहमति भएको थियो ।
तर मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्रालय फुटाउन लागिएको बुझिएको छ ।















प्रतिक्रिया