२ कार्तिक २०८३, सोमबार

निकी मिनाजले दिइन् पतिविरुद्ध मुद्दा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । सन् १९९४ मा र्‍यापर निकी मिनाजका पति केनथ पेटीबाट बलात्कारको प्रयासको शिकार बनेकी एक महिलाले दम्पतीविरुद्ध मुद्दा दायर गरेकी छन् । मिडिया रिपोर्टका अनुसार ४३ वर्षीया ती महिलाले दम्पतीमाथि बलात्कार प्रयासको आरोप फिर्ता लिन दबाब दिएको आरोप लगाएकी छन् ।

ती युवतीलाई किशोरावस्थामा बलात्कारको प्रयास गरेको स्वीकार गरेपछि पेटीले साढे चार वर्ष जेलमा बिताएका थिए । गत वर्ष ‘यौन उत्पीडक’ मा दर्ता नभएको भन्दै उनी पुनः पक्राउ परेका थिए ।

अमेरिकाको न्युयोर्कस्थित अदालतमा दायर गरिएको रिट निवेदनमा मिनाजले एक सहजकर्तामार्फत पेटीविरुद्धको आरोप फिर्ता लिनका लागि ५ लाख अमेरिकी डलर अफर गरेको ती महिलाले आरोप लगाएकी छन् ।

सन् २०२० मा पेटी पक्राउ परेपछि ती सहजकर्ताले ¥यापरलाई उनको नम्बर दिएको र मिनाजले त्यसपछि उनलाई फोन गरेर उनी र उनको परिवारलाई लस एन्जलिस लैजाने र सहयोग गर्ने अफर प्रस्ताव गरेकी थिइन् ।

रिट निवेदनमा ती महिलाले मिनाजको अफर अस्वीकार गरेको बताएकी छन् । मिनाज र पेटीले सन् २०१८ मा डेट गर्न सुरु गरेका थिए । एक वर्षपछि उनीहरूले विवाह गरेका थिए । उनीहरूको ११ महिनाको छोरा रहेको छ ।