शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

तालिबानी शासनलाई स्वीकार गर्न अपील

दैनिक नेपाल २०७८ भदौ ५ गते १०:३५

काबुल, ५ भदौ । तालिबानले आफूविरुद्ध बढ्दै गएको विरोधका बाबजुत अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न अपील गरेको छ ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तालिबानी प्रवक्ता सुहैल शहिनले अन्तर्राष्ट्रिय समुदायमा अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न आग्रह गरेका बिबिसीले जनाएको छ ।

शहिनले तालिबानी शासनमा अफगानिस्तानका महिलाको जीवनप्रति जनाइएको चिन्ता निराधार रहेको बताएका छन् । तालिबानले महिलाको काम गर्ने र पढ्न लेख्न पाउने अधिकारको संरक्षण गर्ने जनाएको छ ।

तालिबानले महिलाहरुको पढ्ने, लेख्ने र काम गर्ने अधिकार खोस्न सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायमा विरोध भइरहेका छन् । शहीनले अफगानिस्तानको पुनर्निर्माणमा सबै देशको सहयोगको आवश्यकता रहेको बताएका छन् ।

पछिल्लो समय तालिबानप्रति मानिसहरुको समर्थन बढ्दै गएको तालिबानको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित