२ कार्तिक २०८३, सोमबार

‘बैजु बावरा’बाट दीपिका आउट

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड निर्देशक सञ्जयलीला भन्सालीको चलचित्र ‘बैजु बावरा’बाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार दीपिकाले पति रणवीर सिंह सरह पारिश्रमिक माग गरेपछि चलचित्रबाट बाहिरिएकी हुन् ।

‘दीपिका आफ्नो पतिले पाउने जतिकै पारिश्रमिक चाहन्छिन् । न एक पैसा बढी न एक पैसा कम’, भारतीय मिडिया बलिउड हंगामाले भनेको छ । अभिनेता र अभिनेत्रीको पारिश्रमिक समान पाउनुपर्ने माग राख्दै दीपिकाले पति सरह पारिश्रमिक माग गरेकी हुन् ।

मुख्य भूमिकाका लागि रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई छनोट गरेपछि उनीहरूका समर्थकले निकै खुसी देखिएका थिए । दर्शकले ‘रियल कपल’ दीपिका र रणवीरलाई एकसाथ रिलमा हेर्ने आशा गरेका थिए ।

दीपिकाको अडानपछि दर्शकको यो चाहना पूरा नहुने भएको छ । भन्सालीले सन् २०१९ मा घोषणा गरेको यो चलचित्रको काम अझै सुरु हुन सकेको छैन ।

दीपिका र रणवीरलाई ‘अनस्क्रिन रोमान्स’मा ल्याउने निर्देशक पनि भन्साली नै हुन् । ‘रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्दमावत’मा दीपिका र रणवीरले स्क्रिन सेयर गरेका छन् ।