शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

पाकोस फरेरासँग युइएफए युरोपा कन्फरेन्स लिगमा टोटेनहम हट्सपर

दैनिक नेपाल २०७८ भदौ ४ गते ७:३५

लण्डन, ४ भदौ । प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीलाई पराजित गर्दै लयमा देखिएको टोटेनहम हट्सपर युइएफए युरोपा कन्फरेन्स लिग अन्तर्गत विहीबार पोर्चुगलको पाकोस फरेरासँग १–० ले पराजित भएको छ ।

पोर्चुगलमा भएको खेलमा सिटीविरुद्ध सुरुवात गरेका सबै खेलाडीलाई विश्राम दिएको टोटेनहमले अपेक्षित प्रदर्शन गर्न सकेन । दोस्रो रोजाइको टोली उतारेपनि खेल अवधिभर गोलमा एक प्रहार पनि नगर्नु टोलीका लागि निकै खराब रहयो । पहिलो हाफमा लुकास सिल्भाले गरेको गोल नै पाकोसका लागि जित दर्ता गर्न पर्याप्त रहयो ।

पहिलो हाफको अन्तिम मिनेटमा भालेन्ते सान्तोसको पासमा सिल्भाले गोल गरेका थिए । मिडफिल्डबाट खेलाएको थ्रु पासमा सिल्भाले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गरेका थिए । टोटेनहमले खेल अवधिभर बल पोसेसनमा पकड जमाएपनि आक्रमणमा भने निकै कमजोर सावित भयो ।

टोटेनहमले यसै ट्रान्सफर विन्डोमा अनुबन्ध गरेका स्पेनिस विंगर ब्रायन गिल, डिफेन्डर क्रिस्टियन रोमेरो र गोलरक्षक पिएरलुइजी गोलिनीलाई खेलाएको थियो । युवा फरवार्ड डेन स्कारलेट र नाइल जोनले पनि क्लबको लागि पहिलो सुरुवात गरेका थिए । तर गोल गर्न नसक्दा टोलीले दोस्रो लेगमा अब जित हासिल गर्नुपर्ने भएको छ ।

दोस्रो लेग अर्को साता टोटेनहमको मैदानमा हुनेछ । दुई लेगको प्लेअफबाट विजयी हुने टोलीले यूईएफए युरोपा कन्फरेन्स लिगको समूह चरणमा स्थान बनाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित