८ कार्तिक २०८३, आइतबार

प्रभुराम शर्मालाई प्रधान सेनापति नियुक्तीका लागि सिफारिस

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ भदौ । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथीमा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जनाएका छन् ।

त्यस्तै, बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाइजात्रामा उपत्यकामा सार्वजनिक बिदा सँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।