काठमाडौं, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान तीन शीर्ष नेताहरूका बीच मुलुकको पछिल्लो राजनीतिक घटना, मन्त्रिपरिषद विस्तार र अन्य विविध विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्ने विषयमा दाहाल र नेपालसँग परामर्श गरेको बालुवाटार स्रोतले जनाएको छ ।
बुधबार एमाले फुटाएर नेपालले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।















प्रतिक्रिया