८ कार्तिक २०८३, आइतबार

बागमतीको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त, नेपालको पहिलो महिला मुख्यमन्त्री

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् ।

उनले वुधबार राति ९ बजे सपथ लिएकी छन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् ।

आजै प्रदेशको संसदीय दलको नेता बनेकी उनी डोरमणि पौडेलले राजीनामा दिएसँगै मुख्यमन्त्री भएकी हुन् ।

एमाले उपाध्यक्षसमेत रहेकी शाक्य पार्टी एकताको पक्षमा लाग्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै मूल पार्टीमा रहेकी छन् ।

यससँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छन् ।