१७ कार्तिक २०८३, मंगलबार

थप ३ हजार ४०३ जनामा कोरोना पुष्टि, ४२ को मृत्यु, २१ सय बढी निको

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ८३९ र एन्टिजेन विधिबाट ४ हजार ९९९ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४०३ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ५३० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १०४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ८७ हजार ६९ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ जना रहेको छ ।

हालसम्म ३५ लाख ८९ हजार १७३ जनाले खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३९६ जना पुगेको मन्त्रालयले जनाएको छ ।