१७ कार्तिक २०८३, मंगलबार

अन्ततः १५ वर्ष नेतृत्व गरेका नेता नेपालले फुटाए एमाले

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । अन्ततः नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजित भएको छ ।

दशकौँ एमालेमा राजनीति गरेका तथा १५ वर्ष नेतृत्व गर्दै प्रधानमन्त्री समेत बनेका नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेका छन् ।

उनले वुधबार आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनीति दल फुटाउन सजिलो हुने अध्यादेश जारी भएपछि एमाले र जसपा फुटेका छन् ।