
काठमाडौँ, २ भदौ । नेकपा एमाले फुटाएर नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ता गर्ने तयारी गरेको छ ।
राष्ट्रपतिले प्रमाणीकरण राजनीतिक दलसम्बन्धी अध्यादेश गरेसँगै नेपाल पक्षले नयाँ पार्टी खोल्न लागेको हो ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सकिने अध्यादेश आएपछि अब एमाले फुट्ने भएको हो ।
यद्यपि नेपाल पक्षकै नेताहरु भने अध्यादेशको विरोध गर्दै आएका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशको चर्को विरोध गरेको पार्टी तथा सरकारले नै अध्यादेश जारी गरेपछि सरकारमा पहिले र अहिलेको सरकारमा के भिन्नता भयो भन्ने बहस पनि उठेको छ ।















प्रतिक्रिया