काठमाडौं । लोकप्रिय गायक नीतिन गजुरेलको नयाँ गीत ‘कसम हो कसम’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा मुनाल शिशिर कोइरालको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको छ ।
नीतिनलाई गीत गायनमा गायिका अनु चौधरीले साथ दिएकी छन् । मायाप्रेमका शब्दहरू समेटिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोमा आकर्षक रुपमा प्रेमकथा देखाउन खोजिएको छ ।
मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा विष्णु खड्का सम्पादन छ । हरिदेवी कोइरालाको प्रस्तुति रहेको भिडियो जनता डिजिटलको युट्युवबाट सार्वजनिक भएको हो ।















प्रतिक्रिया