
काठमाडौँ, १ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेशको चर्को आलोचना गरेका छन् ।
उनले ट्वीटरमार्फत अध्यादेश अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू बाटोमा किन ? भन्दै प्रश्न गरेका छन् ।
मंगलबार नै सरकारले अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
रावलले ‘२०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ? भन्ने प्रश्न समेत गरेका छन् ।
‘दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो’, रावलले भनेका छन् ।












प्रतिक्रिया