८ कार्तिक २०८३, आइतबार

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ ।

सत्तारूढ गठबन्धनका नेताहरुका अनुसार करिब वुधबारसम्ममा अध्यादेश ल्याउने लागिएको बताइएको छ ।

सरकारले ल्याउन लागेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय समिति २५ प्रतिशत सदस्यले अर्को नयाँ दल गठन गर्न सक्ने प्रावधान राखिने बताइएको छ ।

हाल दल फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत बहुमत चाहिन्छ ।

मुलतः अहिले ल्याउन लागिएको अध्यादेश एमाले विभाजन गर्नका लागि भएको जानकारहरु बताउँछन् । माधवकुमार नेपाल पक्षलाई नयाँ दल गठन गर्न सहज बनाउन अध्यादेश ल्याउन लागिएको बताइएको छ ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागिएको बताउँदै त्यसको विरोध गरेका थिए ।

उनले एक विज्ञप्ति जारी गर्दै दुवै संसदका चालु अधिवेशन अन्त्यको समेत विरोध गरेका छन् ।